Kathmandu Press

समावेशी समानुपातिक प्रणालीबाट मुलुक पछि हट्न सक्दैन : देउवा 

‘समावेशी समानुपाीिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘यो प्रणालीबाट कुनै पनि अवस्थामा मुलुक पछि हट्न सक्दैन।’
समावेशी समानुपातिक प्रणालीबाट मुलुक पछि हट्न सक्दैन : देउवा 
फाइल तस्बिर।

काठमाडौं, असोज ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणालीबाट मुलुक पछि हट्न नसक्ने बताएका छन । 

देउवाले समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताए। कांग्रेस महिला विभागले आइतबार संविधान दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उक्त भनाई राखेका हुन्। 

‘समावेशी समानुपाीिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘यो प्रणालीबाट कुनै पनि अवस्थामा मुलुक पछि हट्न सक्दैन।’

देउवाले संवोधनका क्रममा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने गरी तयारी गर्न महिला नेतृलाई निर्देशन समेत दिए। 

कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले समावेशी समानुपातिक प्रतिनिधित्वलाई बढाउँदै लैजानुपर्ने धारणा राखे। 

कांग्रेस र एमाले सत्ता गठवन्धनकोसाझा न्यूनतम कार्यक्रममा हालको व्यवस्थालाई सुदृढ बनाउने गरी संविधान संशोधनको बहस हुने भनाई थापाको थियो। 
 
प्रकाशित मिति: १९:५० बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्