Kathmandu Press

आकस्मिक भेला हुन भनेपछि रास्वपा कार्यालयमा नेता कार्यकर्ताको भीड

छविलाल जोशी पक्राउ परेसँगै प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई उच्च निगरानीमा राखेको छ।
आकस्मिक भेला हुन भनेपछि रास्वपा कार्यालयमा नेता कार्यकर्ताको भीड
फाइल तस्बिर।

काठमाडौं, असोज ६: राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक भेला बोलाएको छ। 

आइतबार गृह मन्त्रालयले सहकारी सम्बन्धी छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले लामिछानेलाई निगरानीमा राखेको थियो। 

Hardik ivf

आइतबार नै गोर्खा मिडियाका सञ्चालक पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए। त्यसपछि रास्वपाले उपत्यकाभरीका नेता कार्यकर्तालाई  चः मतिस्थित पार्टी कार्यालयमा आउन सर्कुलर जारी गरेको हो।

 सहकारी बचत अपचलन प्रकरणमा छानबिन समितिले लामिछानेलाई कारबाही सिफारिस गरेको थियो। सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलनमा उनको भूमिका रहेको समितिको निष्कर्ष थियो। 

लामिछानेले गोर्खा मिडियाको आर्थिक  कारोबारमा आफ्नो संलग्नता नरहेको र सबै कारोबार जिबी राईले गर्ने गरेको बयान समितिलाई दिएका थिए। 

समितिको छानबिनबाट भने लामिछानले गोरखा मिडियामा सहकारीबाट आएको करोडौं रकमको चेक काटेर विभिन्न प्रयोजनका लागि भुक्तानी गरेको खुलेको थियो। 

प्रकाशित मिति: २०:०० बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्