Kathmandu Press

टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध किर्ते मुद्दा

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को खण्ड (ग) अनुसारको कसुरमा सजाय र कारबाहीको माग गरेको छ। 
टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध किर्ते मुद्दा

काठमाडौं, असोज ६ : भ्रष्टाचारको मुद्दा चलाइएका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अर्को किर्ते मुद्दा दर्ता भएको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा किर्ते मुद्दा दायर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दामा पौडेल यसअघि विशेष अदालतबाट दोषी ठहर भएका थिए। 

Hardik ivf

अख्तियारबाट भएको भ्रष्टाचार मुद्दा छानविनका क्रममा पौडेलको घरबाट नक्कली कागजपत्र भेटिएपछि अख्तियारले प्रहरीको क्षेत्राधिकार रहेको बताउँदै अनुसन्धानका लागि पत्राचार गरेको थियो। 

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को खण्ड (ग) अनुसारको कसुरमा सजाय र कारबाहीको माग गरेको छ। 

उक्त दफा अनुसार किर्ते मुद्दामा पौडेललाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग प्रहरीले गरेको छ । अख्तियारले चलाएको मुद्दामा पौडेललाई भ्रष्टाचारमा नौ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।


 

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्