गोर्खा मिडियाका सञ्चालक पूर्व डिआइजी जोशी पक्राउ
काठमाडौं, असोज ६ : सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी उजुरीका आधारमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन्।
गोर्खा मिडिया नेटवर्कका सञ्चालक जोशीलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लैजाने तयारी रहेको प्रहरीले जनाएको छ। जोशी प्रहरीबाट अवकाश प्राप्त डिआइजी हुन्।
सहकारी छानबिनसम्वन्धी संसदीय छानविन समितिले पूर्वगृह तथा उपप्रधानमन्त्र समेत रहेका रवि लामिछाने, पूर्वडीआईजी जोशी, जीबी राई, कुमार रम्तेललगायतलाई छानविन गरी कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ।
उनीहरुले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको छानबिन समितिको निष्कर्ष थियो।
प्रकाशित मिति: १७:५३ बजे, आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१