सहकारी छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र
आइतबार नै प्रहरीले गोरखा मिडियाका सञ्चालक छबिलाल जोशीलाई पनि पक्राउ गरेको छ।काठमाडौं, असोज ६ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएको छ।
प्रतिवेदन तत्काल कार्यान्वयन गर्नका लागि गृह मन्त्रालयले आइतबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।
गृह मन्त्रालयका अनुसार प्रतिवेदन सार्वजनिक भएपछि गृहसँग सम्बन्धित विषयमा अनुसन्धान सुरू गरी आवश्यक कारबाही गर्न निर्देशनसहितको पत्र प्रहरी प्रधान कार्यालय पठाइएको छ।
छानबिन समितिले ४० वटा सहकारी संस्थामा बचतकर्ताहरूको झन्डै साढे ७१ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालेको थियो।
समितिले सहकारीबाट गोर्खा मिडियामा ल्याइएको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको पनि संलग्ननता रहेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।
समितिको सिफारिसपछि प्रहरील उनीविरूद्ध पूरक अभियोजन लैजानेबारे छलफल गरेको थियो।
आइतबार नै प्रहरीले गोरखा मिडियाका सञ्चालक छबिलाल जोशीलाई पनि पक्राउ गरेको छ।