Kathmandu Press

गेट नखोलेपछि गेटमा भर्‍याङ लगाएर दुर्गा प्रसाईंको घरमा छिरेको थियो प्रहरी

म्याद थप गर्न लगियाे काठमाडाैं जिल्ला अदालत
गेट नखोलेपछि गेटमा भर्‍याङ लगाएर दुर्गा प्रसाईंको घरमा छिरेको थियो प्रहरी

काठमाडौं, असोज ६ : दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट नियन्त्रणमा लिएको हो। 

उनलाई नियन्त्रणमा लिन दर्जनौं प्रहरी पुगेको थियो। प्रहरीको टोली उनको घर पुगेर केहीबेर रोकिएको थियो।

प्रहरी स्रोतका अनुसार दुर्गा प्रसाईंको घर पुगेर गेट खोल्न आग्रह गर्दा गेट नखुलेपछि प्रहरीले केहीबेर पर्खिनुपरेको थियो। गेट खुल्ने सुरसार नदेखिएपछि प्रहरीले गेटमा भर्‍याङ लगाई त्यसमा चढेर घरभित्र प्रवेश गरेको थियो।

Hardik ivf

प्रहरीले गेट नाघ्दै गरेको तस्बिर पनि सार्वजनिक भएको छ।  नेपाल न्युज ब्यांकका फोटो पत्रकारले लिएको तस्बिरमा प्रहरी गेटमा चढेर भित्र झाँक्दै गरेको देखिन्छ।

भर्‍याङ चढेर भित्र प्रवेश गरेका प्रहरीले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालय पुर्‍याएको थियो।

प्रहरील नियन्त्रणमा लिएपछि प्रसाईंले प्रहरीसँग आफूलाई पक्राउ गरेजस्तो नगर्न भनेका थिए। ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु,' उनले भनेका थिए। 

भोटाहिटीबाट आइतबार नै प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। प्रसाईंविरूद्ध साइबर ब्युरोमा व्यक्तिको चरित्र हत्या गरेकोलगायत उजुरी परेको थियो। 

उनीविरूद्ध सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको आरोप लगाउँदै उजुरी परेको थियो।

उजुरी परेपछि ब्युरोले प्रसाईंलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो। काठमाडौं जिल्ला अदालतले गत बुधबार नै प्रसाईंलाई पक्रन प्रहरीलाई अनुमति दिएको थियो। 

durga-1727005066.jpg
Photo-(5)-(2)-1727005251.jpg
 

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्