Kathmandu Press

दुर्गा प्रसाईं पक्राउ

प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई आइतबार दिउँसो भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो। 
दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईंलाई पक्राउ गर्न उनको निवासमा पुगेको प्रहरी। तस्वीरः नेपाल न्युज ब्यांक।

काठमाडौं, असोज ६ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई आइतबार दिउँसो भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो। 

उनीविरूद्ध सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको आरोप लगाउँदै उजुरी परेको थियो।

उजुरी परेपछि ब्युरोले प्रसाईंलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो। काठमाडौं जिल्ला अदालतले गत बुधबार नै प्रसाईंलाई पक्रन प्रहरीलाई अनुमति दिएको थियो। 

अदालतबाट पक्राउ पुर्जी जारी भएको पाँच दिनपछि प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो। 

प्रसाईंलाई पक्राउ गर्न दर्जनौं संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

उनीविरूद्ध  विद्युतीय कारोबार ऐन अनुसार अनुसन्धान हुने साइबर ब्युरोले जनाएको छ। ‍अहिले उनलाई पक्राउ गरी भोटाहिटीस्थित साइबर ब्युरो लगिएको छ। 

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्