Kathmandu Press

‘नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौं’

‘हामी नीतिगत रुपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, हामीले गरेको कामको परिणाम जनताले देख्नेछन्,’ उनले भने।
‘नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौं’

काठमाडौं, असोज ६ : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्। 

पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए।

‘हामी नीतिगत रुपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, हामीले गरेको कामको परिणाम जनताले देख्नेछन्,’ उनले भने।

उनले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफलसमेत गरेका थिए।  जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेकोसमेत दाबी गरे। 

‘हाम्रो पार्टीले नीतिगत रुपमै जनताको हितमा काम गरिरहेको छ, मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ,’ उलने भने।

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्