Kathmandu Press

समाजसेवा विकासोन्मुख देशका लागि मेरुदण्ड हो : मन्त्री साह

परिषद्ले समाजसेवाको अझै वैज्ञानिक र प्रभावकारी रुपमा अनुगमन र मूल्यांकन गगरी गैरसरकारीसंस्थाका कार्यलाई अझै व्यापक र व्यवस्थित बनाउनुपर्ने उनको भनाई थियो। 
समाजसेवा विकासोन्मुख देशका लागि मेरुदण्ड हो : मन्त्री साह

काठमाडौं, असोज ६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाजसेवा विकासोन्मुख देशका लागि मेरुदण्ड भएको बताएका छन्। 

सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले समाज सेवामा नागरिकहरुको आकर्षण नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्न परिषद्ले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए।

‘समाजसेवा विकासोन्मुख देशका लागि एउटा मेरुदण्ड हो। समाजको सेवा र रुपान्तरण सभ्यताको प्रतिक हो। हामी सबै जना समाजका एक अंश हौं,’ उनले भने, ‘समाज हाम्रो मूल्य र मान्यताको धरोहर हो। समाजसेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाजसेवाप्रति अभिप्रेरित गर्नका निम्ति समाज कल्याण परिषद्ले भूमिका खेल्नुपर्छ।’

सामाजिक संघ संस्थाहरु समाजप्रति उत्तरदायी र जवाफदेही हुनेगरी परिषद्को काम कारबाही प्रष्ट र पारदर्शी बनाउन निर्देशन दिए। 

परिषद्ले समाजसेवाको अझै वैज्ञानिक र प्रभावकारी रुपमा अनुगमन र मूल्यांकन गगरी गैरसरकारीसंस्थाका कार्यलाई अझै व्यापक र व्यवस्थित बनाउनुपर्ने उनको भनाई थियो। 

मन्त्री साहले सरकारले परिषद्लाई थप जिम्मेवार बनाउन समाज कल्याण परिषद्को संरचना अधिकारको बाँडफाँटसहित संघ, प्रदेश र स्थानीय तहहरुसम्म विस्तार गर्ने गरी समाज कल्याण ऐनलाई समसामयिक परिमार्जन र संशोधनको तयारी गरिरहेको जानकारी दिए। 

प्रकाशित मिति: १३:५८ बजे, आइतबार, असोज ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्