अमेरिकामा प्रधानमन्त्री ओली र मोदीबीच भेट हुने
मोदीलाई भेट्न प्रधानमन्त्री ओली मोदी बसेकै होटलमा पुग्ने र दुवै बीच आधा घण्टा वार्ता हुने बताइएको छ।
काठमाडौं, असोज ६ : अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा लिन प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क प्रस्थान गरेका थिए। मोदी पनि महासभामा भाग लिन अहिले न्युयोर्कमै छन्।
छिमेमी मुलुकका दुई समकक्षी ओली र मोदीबीच स्थानीय समय अनुसार सोमबार बिहान भेट हुने बताइएको छ। मोदीलाई भेट्न प्रधानमन्त्री ओली मोदी बसेकै होटलमा पुग्ने र दुवै बीच आधा घण्टा वार्ता हुने बताइएको छ।
ओली प्रधानमन्त्री बनपछि मोदीसँगको यो पहिलो भेट हो । यसअघि बिम्स्टेक शिखर सम्मेलनको क्रममा ओली र मोदीबीच थाइल्याण्डमा भेट तय थियो। तर, सम्मेलन स्थगित भएपछि भेट हुन सकेको थिएन्।
प्रकाशित मिति: १३:३८ बजे, आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












