पहिलो टेस्टमा बंगलादेशमाथि भारतको सानदार जित
१९४–४ को अवस्थाबाट चौथो दिनको सुरुआत गरेको बंगलादेश थप ४० रन जोड्दै अलआट भएको थियो।काठमाडाैं, असाेज ६ : रविचन्द्रन आश्विनले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा २८० रनको सानदार जित निकालेको छ। ५१५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको पहिलो सेसनमै २३४ रनमा लआउट भयो।
१९४–४ को अवस्थाबाट चौथो दिनको सुरुआत गरेको बंगलादेश थप ४० रन जोड्दै अलआट भएको थियो। दोस्रो इनिङमा उसका लागि कप्तान नज्मुल हुसैन सान्टोले सर्वाधिक ८२ रन बनाउँदा सादमन इस्लामले ३५? जाकिर हसनले ३३ र सकिब अल हसनले २५ रन बनाए।
बंगलादेशको इनिङ धरासायी बनाउने क्रममा रविचन्द्रन आविश्वनले ६ विकेट लिए। यस्तै, रविन्द्र जडेजाले ३ र जस्प्रित बुमराहले १ विकेट लिए।
त्यसअघि पहिलो इनिङमा भारतले आविश्नको शतक मद्दतमा ३७६ रन बनाएको थियो। आश्विनले ११३ रन बनाउँदा रविन्द्र जडेजाले ८६ र यशस्वी जैसवालले ५६ रनको बनाएका थिए।
बलिङमा बंगलादेशका हसन महमुदले ५ र टस्किन अहमदले ३ विकेट लिए। हसन भारतमा ५ विकेट लिने पहिलो बंगलादेशी बल बने।
पहिलो इनिङमा बंगलादेश भने १४९ रनमै समेटियो। उसका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाउँदा मेहदी हसन मिराजले २७, लिटोन दासले २२ र कप्तान सान्टोले २० रन बनाए।
बंगलादेशी इनिङ धरासायी बनाउने क्रममा बुमरामहले ४ तथा मोहम्मद सिराज, आकाश दिप र रविन्द्र जडेजाले समान २ विकेट लिए।
भारतले दोस्रो इनिङ शुभमन गिल र ऋषव पन्तको शतक मद्दतमा २८७–४को अवस्थाम डिक्लियर गरेको थियो। गिलले ११९ रन बनाउँदा पन्तले १०९ रनको पारी खेले। बलिङमा बंगलादेशका मिराजले २ विकेट लिए।
योसँगै भारतले २ खेलको सिरिजमा १–०को अग्रता लिएको छ। दोस्रो टेस्ट कानपुरमा २७ सेप्टेम्बरबाट सुरु हुनेछ।