Kathmandu Press

सुनको मूल्यमा फेरि बन्यो कीर्तिमान

सुनको मूल्य आज तोलामा एक हजार सात सय रुपैयाँ वृद्धि भएर एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ।
सुनको मूल्यमा फेरि बन्यो कीर्तिमान

काठमाडौं, असोज ६ : सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। 

लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो। अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा एक हजार सात सय रुपैयाँ वृद्धि भएको छ। 

शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ। असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सयले वृद्धि भएको छ। 

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ। शुक्रबार प्रतितोला एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय २० निर्धारण भएको छ। 

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, असोज ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्