Kathmandu Press

नेपाल पुलिसले जित्यो काभा महिला क्लब भलिबल उपाधि

माल्दिभ्सभा शनिबार राति भएको फाइलनमा उज्बेकिसतानको हुमो भलिबल क्लबलाई ३–०को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो।
नेपाल पुलिसले जित्यो काभा महिला क्लब भलिबल उपाधि

काठमाडाैं, असाेज ६ : काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। माल्दिभ्सभा शनिबार राति भएको फाइलनमा उज्बेकिसतानको हुमो भलिबल क्लबलाई ३–०को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो।

मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले पहिलो सेट सहजै २५–१६ ले जित्यो। दोस्रो सेट र तेस्रो सेटमा हुमोले पुलिस क्लबलाई टक्कर दिएको थियो। पुलिसले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित गरेको हो।

६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो। लिग चरणमा पाँचवटै खेल जित्दै शीर्ष स्थानमा रहँदै पुलिस फाइनल पुगेको थियो। यता, हुमो क्लब लिगमा दोस्रो भएको थियो।

पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३–२ ले तथा माल्दिभ्सकै माल्दिभ्स लिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो।

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्