आज तीन संसदीय समितिको बैठक बस्दै
बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।काठमाडौं, असोज ६ : संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुने छ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । कार्य सूचिअनुसार बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने छ ।
प्रकाशित मिति: ०८:२६ बजे, आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१