आफ्नो अस्पताल कोरोनाका बिरामीको उपचारका लागि दिने ड्रोग्बाको घोषणा
काठमाडाैं, वैशाख १ : इंग्लिस क्लब चेल्सी र आइभरिकोस्टका लिजेन्ट फुटबलर डिडियर ड्रोग्बाले आफ्नो अस्पताल कोरोना भाइरका बिरामीको उपचारका लागि दिने घ....
काठमाडाैं, वैशाख १ : इंग्लिस क्लब चेल्सी र आइभरिकोस्टका लिजेन्ट फुटबलर डिडियर ड्रोग्बाले आफ्नो अस्पताल कोरोना भाइरका बिरामीको उपचारका लागि दिने घोषणा गरेका छन्।
ड्रोग्बा फाउन्डेशन मातहत रहेको निर्माणधीन लाउरेन्ट पोकोउ अस्पताल कोरोना भाइरसका बिरामीको उपचारका लागि सरकारलाई दिने ड्रोग्बाले घोषणा गरेका हुन्।
अस्पतालका निर्देशक मरियम ब्रोकाको उपस्थितिमा ड्रोग्बाले सो अस्पताल अबिजानका मेयर भिन्सेन्ट तोह बी इरीलाई हस्तान्तरण गरेका थिए। मेयर भिन्सेन्टले यो राष्ट्रवादी काम भएको र यसका लागि ड्रोग्बालाई धन्यवाद पनि दिएका छन्।
अस्प्ताल निर्माण नसकिए पनि आइभरिकोस्ट सरकारले महामारीविरुद्ध लड्न यो अस्पताल चाँडै सञ्चालन ल्याउने बताइएको छ। यो अस्पताल ड्रोग्बाले आइभरिकोस्टका पूर्वखेलाडी तथा प्रशिक्षक लाउरेन्ट पोकोउको सम्झनामा बनाएका हुन्। पोकोउको सन् २०१६ मा निधन भएको थियो।
९ सिजन चेल्सीमा बिताएका ड्रोग्बाले क्लब फुटबलका ६७९ खेल खेल्दै २९७ गोल गरेका छन् भने राष्ट्रिय टिमबाट १०५ खेलमा ६५ गोल गरेका छन्। चेल्सीबाट उनले चार प्रिमियर लिग र एक च्याम्पियन्स लिग उपाधि जितेका छन्। ४२ वर्षीय ड्रोग्बाले सन् २०१४ मा फुटबलबाट सन्न्यास लिएका थिए।