Kathmandu Press

संघमा आबद्ध होस्टल व्यवसायीले विनाधितो ५ लाख रुपैयाँसम्म ऋण पाउने

संघको तेस्रो वार्षिक साधारणसभाको अवसरमा माछापुछ्रे बैंक र संघबीच विनाधितो २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म मर्चेन्ट लोन सम्झौता भएको हो। 
संघमा आबद्ध होस्टल व्यवसायीले विनाधितो ५ लाख रुपैयाँसम्म ऋण पाउने

काठमाडौं, असोज ५ : होस्टल व्यवसायी संघ नेपालमा आवद्ध होस्टल व्यवसायीहरुल विनाधितो २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। 

काठमाडौंको वानेश्वरमा रहेको इन्द्रेणी ब्यान्क्वेटमा भएको संघको तेस्रो वार्षिक साधारणसभाको अवसरमा माछापुछ्रे बैंक र संघबीच विनाधितो २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म मर्चेन्ट लोन सम्झौता भएको हो। 

Hardik ivf

यस्तै साधारणसभाकै अवसरमा वानेश्वरमा रहेको एभरेष्ट हस्पिटलले व्यवसायी, विद्यार्थी र कर्मचारीलाई सम्पूर्ण उपचारमा २० प्रतिशत छुट र निस्शुल्क एम्बुलेन्स सेवा दिनेगरी सम्झौता भएको छ भने  होस्टल व्यवसायी संघ नेपालले आजैदेखि आफ्नो बेवसाइटसमेत सञ्चालनमा ल्याएको संघको वुद्धनगर क्षेत्रीय समिति संयोजक यज्ञराज नेपालले जानकारी दिए।

संघको साधारणसभा प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता एवं संघका केन्द्रीय अध्यक्ष सुनिल भेटवालको सभापतित्वमा सम्पन्न भएको थियो। 

कार्यक्रममा बज्राचार्यले होस्टल व्यवसाय व्यवस्थित र मर्यादित बनाउँदै हजारौंको सख्यामा रहेका विद्यार्थीहरुको उज्वल भविश्य बनाउन होस्टलहरु सदा तम्तयार रहनुस् भन्ने शुभकामना दिइन्। साथै लागुऔषध र साइबर क्राइम नियन्त्रण तथा ट्राफिक नियमबारे संघले सञ्चालन गर्ने  कार्यक्रममा नेपाल प्रहरीले सदैव सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन्। 

महासचिव सुनिता बटाजुले सञ्चालन गरेको कार्यक्रममा संघका केन्द्रिय अध्यक्षले सुनिल भेटवालले सम्पुर्ण होस्टल व्यवसायीको हकहित र व्यवसायलाई मर्यादित बनाउन संघ सदैव लागिपर्ने बताएका थिए।
 

प्रकाशित मिति: २१:३५ बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्