Kathmandu Press

र्‍यापिड टेष्टमा पोजेटिभ देखिए पनि बागलुङकी वृद्धामा कोरोना नभएको पुष्टि

बागलुङ, वैशाख १ : कोरोनाको द्रुत परीक्षण अर्थात् र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया व....

र्‍यापिड टेष्टमा पोजेटिभ देखिए पनि बागलुङकी वृद्धामा कोरोना नभएको पुष्टि

बागलुङ, वैशाख १ : कोरोनाको द्रुत परीक्षण अर्थात् र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।   

आरडिटी पोजेटिभ देखिएको महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखराको कोरोना परीक्षण ल्याबमा पठाइएको थियो। स्वाब परीक्षण गर्दा उक्त महिलाको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए। 

चैत ७ गते भारत तीर्थयात्रा गरेर फर्किएकी महिलाको आइतबार गाउँपालिकामा गरिएको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ देखिएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आइतबार राति ११ बजे भीमसेन माविको क्वारेन्टाइनमा राखेको छ। रासस

प्रकाशित मिति: १९:४८ बजे, सोमबार, वैशाख १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्