Kathmandu Press

साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

समितिका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गर्दै फिल्म ‘शाम्बाला’लाई नेपालका तर्फबाट ९७औं एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन्। 
साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

काठमाडौं, असोज ५ : द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ। 

समितिका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गर्दै फिल्म ‘शाम्बाला’लाई नेपालका तर्फबाट ९७औं एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन्। 

अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) ले दिएको जानकारी अनुसार यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै रहेको छ। समितिका ‘शाम्बाला’ले अस्कर अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ।

चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक बुनोटलाई विशेष ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो। 
 

प्रकाशित मिति: ११:४९ बजे, शनिबार, असोज ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्