Kathmandu Press

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए । 
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा, असोज ५ : मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।  गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो ।

चालु अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेस प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाको बैठकले पारित गरेको थियो । 

प्रकाशित मिति: ०८:११ बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्