Kathmandu Press

आर्थिक विकासको लागि बचतलाई प्रोत्साहन गर्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री पौडेलले वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्व हुने बताए। बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएमासाना निक्षेपकर्ताको वित्तिय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी थप विश्वसनीय बनाउन कोषको भूमिका महत्वपुर्ण रहने उनको भनाई थियो।
आर्थिक विकासको लागि बचतलाई प्रोत्साहन गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौं, असोज ४ : अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका छन्। 

निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनमा बोल्दै उनले पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धि देखिएको बताए।

Hardik ivf

अर्थमन्त्री पौडेलले वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्व हुने बताए। बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएमासाना निक्षेपकर्ताको वित्तिय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी थप विश्वसनीय बनाउन कोषको भूमिका महत्वपुर्ण रहने उनको भनाई थियो।

‘वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्व हुन्छ। बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको संभावित नोक्सानीबाट संरक्षण गर्न तथा वित्तिय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी यसलाई थप विश्वसनीय वनाउन कोषको भूमिका महत्वपुर्ण हुन्छ,’ उनले भने।

वित्तिय क्षेत्रको विकासको लागि वित्तिय पहुँच अभिबृद्धि, नविन वित्तिय उपकरणहरुको उपयोग, बचत तथा कर्जा विस्तार, सुरक्षणको संस्थागत तथा वित्तिय सुशासनको लागि प्रभावकारी नियमन जस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी रहेको उनले बताए। 

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रमा आउने उतार चढाव तथा आन्तरिक अर्थतन्त्रमा आउने जटिलताको सामना गर्न तथा कर्जा बजारको स्थिरताको लागि कोषलाई अझ सवल बनाउन आवश्यक रहेको बताए। 

कोषको संस्थागत सुदृढीकरण गरी व्यवसायिकता विकास गर्न नेपाल सरकारले उच्च प्राथमिकतामा दिएको बताउँदै उनले यस प्रकारको कार्यक्रमले कोषको विकासको लागि मार्गचित्र निर्माण गर्न सहयोग पुग्ने उल्लेख गरे। 

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्