१२ फिल्मकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार
पुरस्कृत हुनेमा बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, हरिवंश आचार्य, संगीतकार श्याम तमोट र गायिका लोचन भट्टराई छन्। यस्तै, अभिनेताहरू रमेशरञ्जन झा, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, संगीतकार विकास चौधरी र अभिनेत्रीहरू कविता आले, प्रेमा अधिकारी गैरे पनि सम्मानित भएका छन्।काठमाडौं, असोज ४ : नेपाल चलचित्र विकास बोर्डले फिल्म ‘बलिदान’का ५ र अन्य ७ सहित १२ फिल्मकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको छ।
संविधान दिवका असरमा बोर्डले मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’का ५ सर्जकसहित १२ फिल्मकर्मीलाई पुरस्कार प्रदान गरेको हो।
पुरस्कृत हुनेमा बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, हरिवंश आचार्य, संगीतकार श्याम तमोट र गायिका लोचन भट्टराई छन्। यस्तै, अभिनेताहरू रमेशरञ्जन झा, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, संगीतकार विकास चौधरी र अभिनेत्रीहरू कविता आले, प्रेमा अधिकारी गैरे पनि सम्मानित भएका छन्।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले जनही २५ हजार नगद र ताम्रपत्रसहित १२ फिल्मकर्मीलाई सम्मान गरेका थिए।