Kathmandu Press

काठमाडौंको सनसिटीमा बस्ने तीन जनामा कोरोना परिक्षणको र्‍यापिड टेष्टको नतिजा पोजेटिभ, पाटन अस्पताल भर्ना

काठमाडौं, वैशाख १ : कोरोनाभाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा ब....

काठमाडौंको सनसिटीमा बस्ने तीन जनामा कोरोना परिक्षणको र्‍यापिड टेष्टको नतिजा पोजेटिभ, पाटन अस्पताल भर्ना

काठमाडौं, वैशाख १ : कोरोनाभाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई अस्पताल भर्ना गरिएको छ। 

सोमबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरु तीनै जनालाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो। झण्डै एक महिनाअघि लण्डनबाट फर्किएका हुन्।  

आइसोलेसनमा भर्ना गरिएका एकै परिवारका आमा, छोरा र बुहारी रहेको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए। उनका अनुसार र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएका तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, वैशाख १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्