Kathmandu Press

थप दुई जनामा भेटियो कोरोनाको स‌ंक्रमण

काठमाडौं, वैशाख १ : नेपालका थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनम....

थप दुई जनामा भेटियो कोरोनाको स‌ंक्रमण

काठमाडौं, वैशाख १ : नेपालका थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक–एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा दुवै जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए। 

उनका अनुसार रौतहटका १९ वर्षीय युवक र कैलालीको लम्कीकी ६५ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण भेटिएको हो। उनीहरु दुबै जना भारतबाट आएको बताइएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

अहिलेसम्म कैलालीमा ६, पर्सामा तीन जना, बागलुङ र  काठमाडौँमा दुई–दुई तथा  रौतहटमा एक जना कोरोना संक्रमित भेटिएका छन्। यीमध्ये चीनबाट फर्किएका एक जना निको भएर घर फर्किसकेका छन्।
 

प्रकाशित मिति: १७:१० बजे, सोमबार, वैशाख १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्