Kathmandu Press

कोशी नदीको तटबन्धमा एक युवाको शव फेला

सप्तरी, बैशाख १ : सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक युवकको शव भेटिएको छ। 

जिल्लाको हनुमाननगर कंकालिनी नगरपाल....

कोशी नदीको तटबन्धमा एक युवाको शव फेला

सप्तरी, बैशाख १ : सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक युवकको शव भेटिएको छ। 

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा  युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय युवकको हालसम्म पहिचान हुन नसकेको र शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

युवकको मुखमा गम्भीर चोट देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी  दिए। तटबन्धमा रगतका छिटासमेत देखिएकाले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान कार्य अगाडि बढाइएको  उनले बताए।

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्