Kathmandu Press

समस्याका बीचमा काम गर्नुपर्ने बाध्यता छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, वैशाख १ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताएका....

समस्याका बीचमा काम गर्नुपर्ने बाध्यता छ : मुख्यमन्त्री पौडेल
फाइल

हेटौँडा, वैशाख १ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताएका छन्।

सोमबार प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने बाध्यता रहेको बताएका हुन्। उनले व्यावहारिक भएर लकडाउनलाई कडा गर्न आग्रह गरे।

लकडाउनलाई कानूनको उल्लङ्घन नहुने गरी कडा बनाउनुपर्ने उनको भनाइ थियो। मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी तथा प्रदेशका १३ वटै जिल्लाका बजारमा भीड बढेको सूचना आइरहेकाले लकडाउनको प्रभावकारितामा नै प्रश्न उठ्ने बताउँदै तत्काल ध्यान दिन अनुरोध गरे। 

मुख्यमन्त्री पौडेलले काठमाडौंलगायत देशका विभिन्न क्षेत्रबाट आफ्नो घर पुग्न पैदल हिँडेका व्यक्तिहरुको भने उचित व्यवस्थापनमा गरिनुपर्ने बताए। उनले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नै नदिने गरी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिए। मुख्यमन्त्री पौडेलले आवाससहितका उद्योगलाई भने सामाजिक र व्यक्ति व्यक्तिबीचको दूरी कायम गरेर तथा मापदण्डभित्र रही उत्पादन शुरु गर्न दिन अनुरोध गरे। 

मुख्यमन्त्री पौडेलले कृषि उपजको उत्पादन, व्यवस्थापन र बजारीकरणलाई भने सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गर्न निर्देशन दिए। छलफलमा प्रदेशका प्रमुख सचिव तोयम रायले कृषि उपजलाई किसानबाट बजारसम्म पुर्‍याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउका थिए। 

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्