Kathmandu Press

बिते पाँचौं खुला मिस्टर काठमाडौंका विजेता

राई मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का  हुन्।  उनी 'फोनिक्स फिटशाला' बाट सहभागी हुन काठमाडौं आएका थिए।
बिते पाँचौं खुला मिस्टर काठमाडौंका विजेता

काठमाडौं, असोज २: पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ। बुधबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

काठमाडौंको टोखा नगरपालिका-६ स्थित ग्रिनल्याण्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान करिब ६ बजेतिर अकास्मात् ढलेका थिए। उपचारका लागि तत्कालै नजिकै रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटल लगिएको पौने ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

Hardik ivf

उनको मृत्यु कसरी भयो भन्नेबारे खुलिसकेको छैन। प्रहरीले यसमा अनुसन्धान गर्दैछ।

राई मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का  हुन्।  उनी 'फोनिक्स फिटशाला' बाट सहभागी हुन काठमाडौं आएका थिए। काठमाडौं आएर उनी सो होटलमा बसेका थिए। 

शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका थिए।

उनको मृत्यु भएको घटनामा  प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्