अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम भोलि बिहान ८ बजे
काठमाडौं, फागुन १६ : पोष्टमार्टममा भएको ढिलाइका कारण पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको लागि पूर्व निर्धारित श्रद्धाञ्जलि कार्यक्रम भोलि बिहान ८ बजे....
काठमाडौं, फागुन १६ : पोष्टमार्टममा भएको ढिलाइका कारण पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको लागि पूर्व निर्धारित श्रद्धाञ्जलि कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, ‘पोष्टमार्टमको कामले समय लिएको हुँदा ताप्लेजुङ दुर्घटनामा दिवंगत मन्त्रीसहितका व्यक्तित्वप्रति श्रद्धाञ्जलि कार्यक्रम भोलि बिहान ८–११ बजेसम्म हुनेछ ।’
यसअघि नेकपा सचिवालय बैठकले अहिले ३ बजे श्रद्धाञ्जलिका लागि टुँडिखेल जान सबैलाई अनुरोध गरेको थियो ।
प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, फागुन १६, २०७५
थप समाचार






