Kathmandu Press

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने

काठमाडौं, बैशाख १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राह....

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने

काठमाडौं, बैशाख १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेका छन्।

राष्ट्रियसभाका सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त घोषणा गरेका हुन्। प्रवक्ता श्रेष्ठले राष्ट्रियसभा सदस्यका रुपमा प्राप्त गर्ने दुई महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोभिड– १९ राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

'हामी अहिले कोभिड– १९ र उत्पन्न संकटको सामाना गरिरहेका छौँ। यसबेला एकताबद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी छ। यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड– १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु' उनले लेखेका छन्।

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्