चीनलाई उछिने ६ देशले, संसारभर साढे १८ लाखमा कोरोना
काठामाडौं, वैशाख १ : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य देशमा बढी देखिएको छ। ६ देशमा चीनभन्दा बढी संक्रमित देखिएका छन भने अहिलेसम्म साढे १८ ....

काठामाडौं, वैशाख १ : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य देशमा बढी देखिएको छ। ६ देशमा चीनभन्दा बढी संक्रमित देखिएका छन भने अहिलेसम्म साढे १८ लाखभन्दा बढीमा कोरोना देखिएको छ।
सोमबार मध्याह्नसम्म संसारभर १८ लाख ५४ हजार एक सय ६१ जनामा कोरोना देखिएको छ। त्यसमध्ये एक लाख १४ हजार दुई सय ९१ जनाको मृत्यु भएको छ भने ५० हजार आठ सय ५६ जना गम्भीर रहेका छन्।
कोरोनाबाट विस्तारै निको हुनेको संख्या पनि क्रमिक रुपमा पढ्दै गएको छ। अहिलेसम्म चार लाख २७ हजार आठ सय ९५ जना निको भएका छन्।
अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा पाँच लाख ६० हजार चार सय ३३ जनामा कोरोना देखिएको छ। जसमध्ये २२ हजार एक सय १५ जनाले ज्यान गुमाइसकेका छन्। अझै ११ हजार सात सय ६६ जना गम्भीर रहेका छन्।
दोस्रो नम्बरमा स्पेन रहेको छ, जहाँ एक लाख ६६ हजार आठ सय ३८ जना बिरामी भएका छन्। स्पेनमा १७ हजार दुई सय नौ जनाको मृत्यु भएको छ भने सात हजार तीन सय ७१ जना गम्भीर रहेका छन्।
यस्तै, तेस्रो नम्बरमा रहेको इटालीमा एक लाख ५६ हजार तीन सय ६३ जना बिरामी भएका छन भने १९ हजार आठ सय ९९ जनाको मृत्यु भएको छ। अझै तीन हजार तीन सय ४३ जना गम्भीर रहेका छन्।
चौथो नम्बरमा फ्रान्स रहेको छ, जहाँ एक लाख ३२ हजार पाँच सय ९१ जना बिरामी रहेका छन्। अहिलेसम्म १४ हजार तीन सय ९३ जनाले ज्यान गुमाएका छन भने अझै ६ हजार आठ सय ४५ जना गम्भीर रहेका छन्।
पाँचौ नम्बरमा रहेको जर्मनीमा भने कोरोना नियन्त्रणमै रहेको छ। अहिलेसम्म एक लाख २७ हजार आठ सय ५४ जना बिरामी भएकोमा तीन हजार २२ जनाले मात्रै ज्यान गुमाएका छन्। बिरामीमध्ये ६४ हजार तीन सय जना निको भएर घर फर्किसकेका छन्।
यस्तै, छैटौं नम्बरमा रहेको बेलायतमा ८४ हजार दुई सय ७९ जना बिरामी भएका छन् भने १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ। अझै एक हजार पाँच सय ५९ जना गम्भीर रहेका छन्।
कोरोनाको उद्गम भएको चीन भने विस्तारै सामान्य बन्दै गएको छ। अहिलेसम्म ८२ हजार एक सय ६० जना संक्रमित देखिएका छन भने तीन हजार तीन सय ४१ जनाको मृत्यु भएको छ। अहिलेसम्म ७७ हजार ६ सय ६३ जना निको भएका छन्। एक हजार एक सय ५६ जनाको उपचार भइरहेको छ भने एक सय २१ जना गम्भीर रहेका छन्।
त्यस्तै, इरानमा पनि संक्रमण कम हुन सकेको छैन। अहिलेसम्म ७१ हजार ६ सय ६८ जनामा संक्रमण देखिएको छ भने चार हजार चार सय ७४ जनाको मृत्यु भएको छ।
छिमेकी भारतमा भने संक्रमण बढ्दै गएको छ। नौ हजार दुई सय ४० जनामा कोरोना देखिएको छ भने तीन सय ३१ जनाको मृत्यु भएको छ।
नेपालमा भने आज थप एक जनामा संक्रमण देखिएको छ। कैलालीको लम्की चुहाकी ६५ वर्षीया महिलामा कोरोना देखिएको हो। उनीसँगै नेपालमा पनि संक्रमितको संख्या १३ पुगेको छ।











