Kathmandu Press

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, बैशाख १ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन्। नयाँ....

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, बैशाख १ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना भाइरसले निम्त्याएको संकटको कुनै पनि हालतमा सामना गरिने उल्लेख गरे।

'विश्व मानवजातिका विरुद्ध खडा भएको यो संकटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित बनाउने छैन, बरु यो संकटको सामना गर्न हामी सक्षम हुनेछौँ', शुभकामना सन्देशमा उल्लेख छ। प्रदेश सरकार सम्पूर्ण साधन, स्रोत तथा संयन्त्रको परिचालनसहित संकट निवारण गर्न लागि परेकाले कोही पनि नागरिक त्रसित एवं निराश नहुन उनले आग्रह गरेका छन्। महामारीको रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबैले आआफ्नो तर्फबाट सहयोग गर्न उनले आग्रह गरे।

मुख्यमन्त्री शाहीले सबै बाधा, अवरोध र चुनौतीलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामूलक, समृद्ध र समाजवादी देश निर्माण गर्न सफल हुने विश्वाससहित नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गरेका छन्।

प्रकाशित मिति: १२:०० बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्