Kathmandu Press

'लकडाउन'को कारण विदेशमा ज्यान गुमाएहरुको शव ल्याउन समस्या

काठमाडौं, बैशाख १ : ‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई  जनाको शव ल्याउन समस्या भएको छ। भ्रमणका लागि....

'लकडाउन'को कारण विदेशमा ज्यान गुमाएहरुको शव ल्याउन समस्या

काठमाडौं, बैशाख १ : ‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई  जनाको शव ल्याउन समस्या भएको छ। भ्रमणका लागि युएई पुगेका खोटाङका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको शव स्वदेश फर्काउन समस्या परेको हो।

भ्रमण प्रवेशाज्ञामा दुबई पुगेका २२ वर्षीय तामाङको गत फागुन ३०  र रोजगारीका सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका खत्रीको गत चैत २५ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। तामाङको शव हाल दुबईस्थित रसिदिया अस्पतालमा राखिएको जनाइएको छ। 
हृदयाघातका कारण ज्यान गुमाएका तामाङको नेपालमा ‘लकडाउन’ शुरु भएपछि मात्र मृत्यु भएको जानकारी प्राप्त भएकाले स्वदेश फर्काउन नसकिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताए। 

यस्तै कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि अन्तरराष्ट्रिय उडान नहुँदा खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको जनाइएको छ। लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भएको मलेसियामै रहेका उनका भतिजा तिलाबहादुरले जानकारी दिए।

कमाएर खुवाउने घरमूलीको रोजगारीका सिलसिलामा विदेशै ज्यान गएपछि आश्रित परिवारको बिचल्ली भएको साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए। मृतकका परिवारलाई शव ल्याउन तथा परिवार व्यवस्थापनका लागि गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने उनले बताए।

प्रकाशित मिति: ११:५० बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्