भारतमा कोरोना संक्रमित नौ हजार, ३३१ को मृत्यु
काठमाडौं, वैशाख १ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। गत २४ घन्टामा मात्रै ६२० नयाँ संक्रमित भेटिएका छन्।
भारतीय स्वा....

काठमाडौं, वैशाख १ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। गत २४ घन्टामा मात्रै ६२० नयाँ संक्रमित भेटिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, सोमबार बिहानसम्म नौ हजार दुई सय ४० जनामा कोरोना देखिएको छ। जसमध्ये तीन सय ३१ जनाको मृत्यु भएको हो।
गत २४ घन्टामा मात्रै कोरोनाका ६ सय २० जना नयाँ संक्रमित भेटिएका हुन्। त्यस्तै, कोरोनाबाट गत २४ घन्टामा ३५ जनाको मृत्यु भएको छ।
अहिलेसम्म देखिका संक्रमितमध्ये आठ सय ५७ जना निको भएका छन्। अन्यको उपचार भइरहेको जनाएको छ। अहिलेसम्म भारतले एक लाख ८९ हजार एक सय एक जनाको परीक्षण गरेको छ।
कोरोनाको संक्रमण फैलिन नदिन भारतमा पनि लकडाउन गरिएको छ। आज लकडाउनको २०औं दिन हो। भारतमा घोषणा गरिएको लकडाउन भोलि सकिँदै छ। तर, फेरि लकडाउन थप्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।











