Kathmandu Press

कार्यविनायक मन्दिर मुहूर्त गर्दै ‘होस्टेल ३’को छायांकन सुरु

पहिलो चरणको छायांकन २५ दिनसम्म चल्ने र तिहारपछि दोस्रो चरणको छायांकन सुरु गरिने निर्देशक कँडेलले जानकारी दिए। 
कार्यविनायक मन्दिर मुहूर्त गर्दै ‘होस्टेल ३’को छायांकन सुरु

काठमाडाैं, भदाै ३० : सशान कँडेकको निर्देशनमा बन्न लागेको फिल्म ‘होस्टेल ३’को छायांकन सुरु भएको छ। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। 

पारस बम र सिम्रन पन्तले मुहूर्त सर्ट दिएका थिए। पहिलो चरणको छायांकन २५ दिनसम्म चल्ने र तिहारपछि दोस्रो चरणको छायांकन सुरु गरिने निर्देशक कँडेलले जानकारी दिए। 

फिल्ममा पासर र सिम्रनसँगै आर्यन सिग्देल, परीषा लिम्बू, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङलगायतको अभिनय रहनेछ। 

फिल्मले सुटिङ सुरु नहुँदै फागुन १६ गतेका प्रदर्शन मिति तय गरिसकेको छ।  विश्वभर एकसाथ रिलिज हुने फिल्मले जापान, मध्यपूर्व र मलेसियाको अधिकार विक्री गरिसकेको छ। 

फिल्ममा निर्देशक कँडेलकै कथा छ भने पटकथा माधव शर्माले लेखेका छन्। फिल्मलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्न लागेको हो। 

फिल्ममा डिओपी अर्जुन तिवारीको छ भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री रहेका छन्। कर्ण कार्की र गोविन्द अधिकारी निर्मामाका रुपमा छन् । 
 

प्रकाशित मिति: १९:२५ बजे, आइतबार, भदौ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्