Kathmandu Press

भोलि यती र तारा एयरका सबै उडान बन्द

काठमाडौं, फागुन १६ : यति एयरलाइन्स र तारा एयरले शुक्रबार सबै उडान बन्द गर्ने भएको छ ।

दुवै कम्पनीका संचालक तथा प्रबन्ध निर्देशक आङछिरिङ शेर्....

भोलि यती र तारा एयरका सबै उडान बन्द

काठमाडौं, फागुन १६ : यति एयरलाइन्स र तारा एयरले शुक्रबार सबै उडान बन्द गर्ने भएको छ ।

दुवै कम्पनीका संचालक तथा प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको बुधबार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । शोकमा उडान बन्द गर्न लागेको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले उडान बन्दबाट प्रभावित यात्रुसँग क्षमा समेत मागेको छ । तारा र यतिले दैनिक सायौ यात्रुलाई सुगम र दुर्गम क्षेत्रमा सेवा दिदैं आएका छन् ।

 

प्रकाशित मिति: १५:३० बजे, बिहीबार, फागुन १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्