Kathmandu Press

लिंगो ठड्यासँगै शुरू भयो इन्द्रजात्रा

बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याइएको थियो। हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ। 
लिंगो ठड्यासँगै शुरू भयो इन्द्रजात्रा

काठमाडौं, भदौ ३० : इन्द्रजात्रा आजबाट सुरु भएको छ। वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको हो। 

बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याइएको थियो। हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ। 

हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ।

असोज १ गते मंगलबार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ। असोज २ गते बुधवार माथिल्लो टोलमा रथ यात्रा हुन्छ। असोज ५ गते शनिवार नानिचा यात्रा हुन्छ। 

त्यसैदिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन्।

प्रकाशित मिति: ११:३९ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्