नयाँ वर्षका दिन एकाबिहानै राष्ट्रिय गान घन्कियो
काठमाडौं, बैशाख १ : नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गुञ्जिएको छ ।
‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय ध....

काठमाडौं, बैशाख १ : नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गुञ्जिएको छ ।
‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानसँगै काठमाडौँ लगाएतका शहरमा राष्ट्रिय गान गाइएको हो । ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा भएको सो अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सबैमा आग्रह गरेका थिए ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा तालि समेत बजाइएको थियो ।
प्रकाशित मिति: ०९:०२ बजे, सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











