Kathmandu Press

‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’

प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौं परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौं वर्षमा पनि बनाउन नसकिने उल्लेख गरे।
‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’

ललितपुर भदौ २९ : प्रधानमन्त्री केपी ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन्। 

ज्यापु समाज यलको ३१औं वार्षिकोत्सव तथा ११औं साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताए।

Hardik ivf

प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौं परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौं वर्षमा पनि बनाउन नसकिने उल्लेख गरे।

‘राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ। संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन सकिँदैन,’ उनले भने, ‘हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ। संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो।’

प्रधानमन्त्री ओलीले १०५ वर्षीया मनमाया महर्जनले कला–संस्कृतिको संरक्षणमा मार्ग निर्देश गरेकोमा आभार प्रकट गर्दै उनको दीर्घायुको कामना गरे। 

सो अवसरमा समाजका विविध  क्षेत्रमा योगदान गरेका व्यक्ति तथा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान गरेका थिए। 

प्रकाशित मिति: १८:२८ बजे, शनिबार, भदौ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्