Kathmandu Press

मानवता नै सर्वोच्च धर्म हो : मन्त्री गुरुङ

मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मन्त्री गुरुङले मानव सेवाबाट नै सही आशीर्वाद पाउने भएकाले यसमा लागेर पुण्य आर्जन गर्न सकिने बताए।
मानवता नै सर्वोच्च धर्म हो : मन्त्री गुरुङ
फाइल तस्बिर।

काठमाडौं, भदौ २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म भएकाले यसमा लाग्न सबैलाई आग्रह गरेका छन्।

मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मन्त्री गुरुङले मानव सेवाबाट नै सही आशीर्वाद पाउने भएकाले यसमा लागेर पुण्य आर्जन गर्न सकिने बताए।

Hardik ivf

२०८२ सालभित्र देशलाई सडक आश्रित मानवमुक्त राष्ट्र  निर्माण गर्ने संकल्प साकार पार्ने सरकारको लक्ष्य हासिल गर्ने अभियानमा मानवसेवा आश्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री गुरुङले कोही पनि नागरिक बेसहारा भएर बस्न नपरोस् भन्ने सरकारको चाहना भएको बताए।

उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा नै सो प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेको बताए।

यसै वर्षभित्र लमजुङमा निर्माणाधीन आश्रमको भवन सम्पन्न गरी अन्य क्षेत्रमा जस्तै लमजुङ पनि मानव सेवामा अग्रणि रहेको पुष्टि गर्न सबैसँग मन्त्री गुरुङले आग्रह गरे। 

कार्यक्रममा उपस्थित विभिन्न संस्था र व्यक्तित्वहरुले भवन निर्माणका लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो । 

त्यस अवसरमा मानवसेवा आश्रम शाखा कार्यालय लमजुङको भवन निर्माण समितिका संयोजक तथा पूर्वसांसद जमिन्द्रमान घलेले भवन निर्माण गर्न अहिलेसम्म  पाँच करोड लगानी भइसकेको र आगामी चैतसम्ममा निर्माण सम्पन्न गर्न त्यति नै रकम आवश्यक पर्ने भएकाले सबैसँग सहयोगका लागि आग्रह गरे।

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, भदौ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्