Kathmandu Press

‘उपसभामुख हटाउने कुराबाट कांग्रेस–एमाले ब्याक हुन्छन्’

अध्यक्ष दाहालले एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको बताउँदै त्यो विषयको सम्बोधन नभएसम्म कायम रहने बताए।
‘उपसभामुख हटाउने कुराबाट कांग्रेस–एमाले ब्याक हुन्छन्’

मोरङ, भदौ २९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले ब्याक हुने बताएका छन्। 

विराटनगर विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले उपसभामुखले नजानेर टेक्निकल्ली रुपमा केही त्रुटी गरेको भन्दै त्यसको लागि पदबाट हटाउनेसम्म जान नपर्ने बताए। 

Hardik ivf

‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त भएको व्यक्ति हुन्, तर टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो,’ उनले भने, ‘त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं। सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ 

संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको उनको भनाई थियो।

परिषद्को शुक्रबारको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको बताउँदै उनले कुनै समस्या नरहेको बताए।

अध्यक्ष दाहालले संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा एकैपटक नियुक्त गर्नु राम्रो हुने पनि बताए। उनले यो विषयमा बिहीबार भएको शीर्ष तीन नेताको बैठकमा पनि राखेका थिए।

फरक प्रसंगमा अध्यक्ष दाहालले एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको बताउँदै त्यो विषयको सम्बोधन नभएसम्म कायम रहने बताए।

शुक्रबार बसेको माओवादीको संसदीय दलको बैठकले संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, भदौ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्