मुख्यमन्त्रीको निर्देशनपछि लकडाउनमा कडाइ
काठमाडौं, वैशाख १ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएर बीरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गरिन....

काठमाडौं, वैशाख १ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएर बीरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गरिने बताएका छन् ।
मुख्यमन्त्री राउतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन काम शुरु गरिसकेको जानकरी दिए । उनले भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता व्यक्ति अरु पनि हुन सक्ने भएकाले खोज्ने काम भइरहेको जानकारी दिए ।
विषयमा मुख्यमन्त्री राउतले आइतबार गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए ।
प्रकाशित मिति: ०८:४७ बजे, सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












