माओवादीले राष्ट्रियसभामा रिक्त दुई समितिमध्ये एकमा उम्मेदवारी दिने
राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय भएको हो।काठमाडौं, भदौ २८ : नेकपा माओवादी केन्द्रको बैठकले राष्ट्रियसभामा रिक्त रहेको दुई समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय गरेको छ।
राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय भएको हो।
अर्को एउटा समितिमा एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा सबेको दलको बैठकले उक्त निर्णय लिएको हो।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचनमा मायाप्रसाद शर्मालाई उठाउने निर्णय भएको जनाइएको छ। समितिका सभापतिको निर्वाचन भदौ ३१ गते हुने गरी निर्वाचन कार्यक्रम प्रकाशन भएको छ।
प्रकाशित मिति: २१:२६ बजे, शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेलबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान बिहीबार, मंसिर १३, २०८१
कन्टेनर पल्टिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्धबिहीबार, मंसिर १३, २०८१
कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउबिहीबार, मंसिर १३, २०८१