Kathmandu Press

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त 

काठमाडौं, भदौ २८ : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

यस्तै, उनले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने ५३.४ मिलियन (करिब ९ अर्ब ४५ करोड रुपैंयाँ) बराबरको एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि उनले जानरी दिए। यसमा हस्ताक्षरका लागि अर्थमन्त्रालाई अख्तियारी दिने निर्णय भएको उनले जनाए।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एसियाली विकास बैंकसमेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिको लागि नेपाल सरकारकोतर्फबाट एसियाली विकास बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने पनि निर्णय सरकारले गरेको छ। 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लगायतका आयोजनामा आ.व. २०८१÷८२ का लागि २१० अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि सरकारको निर्णय छ। 
 
प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, भदौ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्