Kathmandu Press

संवैधानिक परिषद बैठक सुरु, उपसभामुख पनि सहभागी 

संभवतः आजै नयाँ प्रधानन्यायाधीश सिफारिसको टुंगो लाग्ने छ। न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका आठजना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। 
संवैधानिक परिषद बैठक सुरु, उपसभामुख पनि सहभागी 

काठमाडौं, भदौ २८ : प्रधानन्यायाधीशको सिफारिस गर्न संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाश लिँदैछन्। संभवतः आजै नयाँ प्रधानन्यायाधीश सिफारिसको टुंगो लाग्ने छ। न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका आठजना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। 

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, नहकुल सुवेदी, सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोज शर्मा र कुमार चुडालको नाम परिषदमा पठाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको वैठकमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर पनि संलग्न छन्। उनीविरुद्ध संसदमा अविश्वास प्रश्ताव दर्ताको चर्चा चले पनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन। 
 

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, भदौ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्