Kathmandu Press

एमालेले बनायो १८ बुँदे वार्षिक कार्ययोजना 

‘आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको वार्षिक कार्ययोजना  निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ । वार्षिक कार्ययोजनाभित्र १८ वटा विषयहरु समावेश गराएका छौं,’ उनले भने।
एमालेले बनायो १८ बुँदे वार्षिक कार्ययोजना 

काठमाडौं, भदौ २८ : नेकपा एमालेले पार्टीलाई र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ।

शुक्रबार केन्द्रीय सचिवालयको बसेको केन्द्रीय सचिवालयको बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माणको १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। 

‘आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको वार्षिक कार्ययोजना  निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ । वार्षिक कार्ययोजनाभित्र १८ वटा विषयहरु समावेश गराएका छौं,’ उनले भने।

उनले पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको पनि जानकारी दिए। अधिवेशन बाँकी रहेका जिल्लामा कात्तिक मसान्त अधिवेशन सम्पन्न गर्ने कार्ययोजना भएको जनाए।

यस्तै सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएका उनले बताए। एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना बनाएको छ।

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, भदौ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्