Kathmandu Press

राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ

अस्थिर राजनीतिका कारण जनतामा उदसिनता र युवामा विद्वेष भाव देखापरेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको  उनको भनाई थियो । 
राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ
फाइल तस्बिर।

काठमाडौं, भदौ २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताएका छन्।

नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत प्रतियोगिता उद्घाटन गर्दै मन्त्री गुरुङले राजनीतिमा पछिल्लो समय इमान्दार र सेवा भाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको बताए। 

Hardik ivf

अस्थिर राजनीतिका कारण जनतामा उदसिनता र युवामा विद्वेष भाव देखापरेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको  उनको भनाई थियो । 

सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 

रेडियो नेपाल र बाल सङ्गठनको सहकार्यमा बालगीत प्रतियोगिता–२०८१ आयोजना गरिएको हो। कार्यक्रममा मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएपछि रेडियो नेपाल थप व्यवस्थित र बलियो बन्नुका साथै सेवा विस्तार हुँदै जाने बताए। 

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, भदौ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्