Kathmandu Press

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

राजीनामा बुझाउन मन्त्रालय पुगेका लोहनीले मन्त्रीलाई नभेटेपछि राजीनामा सचिवालयलाई बुझाएको बताइएको छ। 
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

काठमाडौं, भदौ २८ : स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले राजीनामा दिएका छन्। लोहनीले शुक्रबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउन मन्त्रालय पुगेका लोहनीले मन्त्रीलाई नभेटेपछि राजीनामा सचिवालयलाई बुझाएको बताइएको छ। 

उनी २०८० मसिरमा बोर्डको अध्यक्ष नियुक्त भएका थिए। 

लोहनीले मन्त्रालयसँग अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेका थिए। तर, त्यसमा मन्त्रालय सकारात्मक नभएपछि उनले राजनीनामा दिएको बताइएको छ।

प्रकाशित मिति: १६:५६ बजे, शुक्रबार, भदौ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्