नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह
‘नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ। यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भने।नवलपरासी, भदौ २८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।
मरण अनशनमा बसेकापश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सडक खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। ‘नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ। यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भने।
गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न दबाब दिनुपर्ने महामन्त्री थापाले बताए।
गाउँपालिकाका अध्यक्ष यादवले जनताले हुलाकी राजमार्गमा यात्रा गर्दा सस्ती खेप्नुपरेको उल्लेख गर्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल नहुँदा अनशनमा बस्नुपरेको बताए।