Kathmandu Press

एकीकृत समाजवादीले सोध्यो उपमहासचिव चौधरीलाई स्पष्टीकरण 

एक टेलिभिजन कार्यक्रममा चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने आसयको अभिव्यक्ति दिएपछि विवादमा तानिएका हुन्।
एकीकृत समाजवादीले सोध्यो उपमहासचिव चौधरीलाई स्पष्टीकरण 

काठमाडौं, भदौ २८ : नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ। एक अन्तर्वार्ताका क्रममा विवादास्पद अभिव्यक्ति दिएपछि समाजवादीले चौधरीलाई स्पष्टीकरण सोधेको हो। 

एक टेलिभिजन कार्यक्रममा चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने आसयको अभिव्यक्ति दिएपछि विवादमा तानिएका हुन्। गत भदौ २५ गते प्राइम टिभीमा दिएको एक अन्तर्वार्तामा चौधरीले यस्तो दाबी गरेका थिए। 

Hardik ivf

उनले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको दाबी समेत गरेका थिए। 

चौधरीको यस्तो अभिव्यक्तिपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले चौधरीलाई ३ दिने स्पष्टीकरण सोधेका छन्। 

चौधरीले राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको आरोप लागेपछि स्पष्टीकरण सोधिएको हो। स्पष्टीकरणको जवाफ आइसकेपछि बाँकी कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ। 
 

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, भदौ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्