Kathmandu Press

संसदीय छानबिन विशेष समितिले गर्यो मितेरी सहकारीको स्थलगत अध्ययन 

स्थलगत अध्ययनकाक्रममा सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग छलफल समेत गरेको छ। छानविन समितिले ललितपुरको महालक्ष्मीस्थानमा पुगेर स्थलगत निरीक्षणसमेत गरेको छ। 
संसदीय छानबिन विशेष समितिले गर्यो मितेरी सहकारीको स्थलगत अध्ययन 

काठमाडौं, भदौ २८ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले रकम हिनामिनाका बिषयमा मितेरी सहकारीको स्थलगत अध्ययन गरेको छ। 

स्थलगत अध्ययनकाक्रममा सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग छलफल समेत गरेको छ। छानविन समितिले ललितपुरको महालक्ष्मीस्थानमा पुगेर स्थलगत निरीक्षणसमेत गरेको छ। 

समितिका अध्यक्ष सूर्य थापाको नेतृत्वमा पुगेको टोलीले सहकारीको रकम हिनामिना प्रकरणमा छलफल गरेको हो। सहकारीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम समेत जोडिएको छ। 

समितिले ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरिसकेको छ।
 
प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, भदौ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्