Kathmandu Press

बाग्लुङ जीप दुर्घटना : रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव शर्माले उपाध्यक्ष बुढाले रा१झ २०० नम्बरकै गाडी प्रयोग गर्ने गरेको बताउँदै दुर्घटनास्थलमा उपाध्यक्षको आईडी कार्ड पनि भेटिएको आफूलाई जानकारी आएको बताएका छन्। 
बाग्लुङ जीप दुर्घटना : रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु

बाग्लुङ, भदाै २८ : बाग्लुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ। 

गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो। तीनमध्ये एक जना उपाध्यक्ष बुढा रहेको पुष्टी भएको छ। 

Hardik ivf

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित कर्मचारीहरू सवार रा१झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर दुर्घटनामा परेको थियो। अन्य दुई जनाको पहिचान भने खुल्न सकेको छैन।  

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव शर्माले उपाध्यक्ष बुढाले रा१झ २०० नम्बरकै गाडी प्रयोग गर्ने गरेको बताउँदै दुर्घटनास्थलमा उपाध्यक्षको आईडी कार्ड पनि भेटिएको आफूलाई जानकारी आएको बताएका छन्। 

काठमाडौंबाट फर्किने क्रममा उपाध्यक्ष बुढा सवार गाडी दुर्घटनामा परेको हो। उनी सवार गाडी बागलुङमा दुर्घटना भएको जानकारी पाएको प्रजिअ शर्माले बताए।

गाडी सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा घाइते भएका एक जनालाई उपचारका लागि बाग्लुङ अस्पताल लगिएको छ। 

प्रकाशित मिति: ११:२८ बजे, शुक्रबार, भदौ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्